Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैदेशिक रोजगारीमा बढ्यो ठगीको उजुरी

वैदेशिक रोजगारीमा बढ्यो ठगीको उजुरी

शुक्रवार , माघ १८, २०८१

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को छ महिनामा दुई हजार ६२९ जना ठगिएकामा चालु आवको सोही अवधिमा तीन हजार ४०५ ठगीका घटना दर्ता भएका छन् । समीक्षा अवधिमा ठगीका उजुरी ७७६ वटाले बढेको हो ।

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् ।

विभागका अनुसार चालु आवमा वैदेशिक रोजगारीका क्रममा २४ करोड ६७ लाख ३२ हजारभन्दा बढी ठगिएको दाबीसहित उजुरी परेको छ । विभागमा परेका उजुरीमध्ये ठुलो सङ्ख्या व्यक्तिगत प्रकृतिका छन् । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077