Online Nepal
  • मंगलबार, १३ फाल्गुन २०८१
  • वैदेशिक रोजगारीमा बढ्यो ठगीको उजुरी

    वैदेशिक रोजगारीमा बढ्यो ठगीको उजुरी

    अनलाइन नेपाल
  • शुक्रबार, १८ माघ २०८१
  • 180
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ ।

    वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को छ महिनामा दुई हजार ६२९ जना ठगिएकामा चालु आवको सोही अवधिमा तीन हजार ४०५ ठगीका घटना दर्ता भएका छन् । समीक्षा अवधिमा ठगीका उजुरी ७७६ वटाले बढेको हो ।



    वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिने गरेका छन् ।

    विभागका अनुसार चालु आवमा वैदेशिक रोजगारीका क्रममा २४ करोड ६७ लाख ३२ हजारभन्दा बढी ठगिएको दाबीसहित उजुरी परेको छ । विभागमा परेका उजुरीमध्ये ठुलो सङ्ख्या व्यक्तिगत प्रकृतिका छन् । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार