Online Nepal
  • मंगलबार, ६ फाल्गुन २०८१
  • पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले तनावमा ओली

    पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले तनावमा ओली

    अनलाइन नेपाल
  • बिहिबार, १७ माघ २०८१
  • 558
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली तीन विषयलाई लिएर बेचैनमा छन् ।

    उनले सचिवालयमा छलफल गर्दै तीनै विषयलाई असफल बनाउन पार्टी नेता, विज्ञसहितका युवालाई परिचालन गरेका छन् ।



    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने रणनीति बुझेका ओली उनीबाट असन्तुष्ट छन् । एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने र एमालेको अध्यक्ष बनाउने गृहकार्य चल्दै गर्दा ओलीले रोक्न खोजेका छन् ।

    यस्तै, अर्को विषय सामाजिक सञ्जालमा पार्टी र सरकार नेतृत्वको अमर्यादित टिप्पणी एवं आलोचना ओलीलाई अस्वीकार्य भएको छ ।

    सामाजिक सञ्जालमा भइरहेको आलोचनालाई ‘काउन्टर’ दिन उनले युवालाई परिचालन गर्न निर्देशनसमेत दिएका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार