Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले तनावमा ओली

पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले तनावमा ओली

बिहिवार , माघ १७, २०८१

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली तीन विषयलाई लिएर बेचैनमा छन् ।

उनले सचिवालयमा छलफल गर्दै तीनै विषयलाई असफल बनाउन पार्टी नेता, विज्ञसहितका युवालाई परिचालन गरेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने रणनीति बुझेका ओली उनीबाट असन्तुष्ट छन् । एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने र एमालेको अध्यक्ष बनाउने गृहकार्य चल्दै गर्दा ओलीले रोक्न खोजेका छन् ।

यस्तै, अर्को विषय सामाजिक सञ्जालमा पार्टी र सरकार नेतृत्वको अमर्यादित टिप्पणी एवं आलोचना ओलीलाई अस्वीकार्य भएको छ ।

सामाजिक सञ्जालमा भइरहेको आलोचनालाई ‘काउन्टर’ दिन उनले युवालाई परिचालन गर्न निर्देशनसमेत दिएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077