Online Nepal
  • बुधबार, १० पुष २०८१
  • वाइडबडी घोटाला : नेपालीलाई घुस दिने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

    वाइडबडी घोटाला : नेपालीलाई घुस दिने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

    अनलाइन नेपाल
  • बुधबार, १० पुष २०८१
  • 264
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिद गर्ने क्रममा नेपाली अधिकारीलाई घुस दिने अमेरिकी कम्पनीलाई अमेरिकी अदालतले ५५ मिलियन अमेरिकी डलर जरिमाना गराएको छ ।

    अमेरिकी सरकारको सार्वजनिक मामिलाअन्तर्गतको न्याय विभागले अमेरिकाको इलिनोइसस्थित वुड डेलमा मुख्यालय रहेको सार्वजनिक रूपमा कारोबार गर्ने उड्डयन सेवा कम्पनी एएआर कर्पलाई सो सजाय गराएको हो ।



    यो रकम नेपाल र दक्षिण अफ्रिकाका अधिकारीहरूलाई घुस दिएर व्यापार लिएको र अवैध रूपमा २४ मिलियन डलर कमाएको समेत आरोप लगाएको छ ।



    नेपाल वायुसेवा निगमले २०७३ पुसमा अमेरिकाको एएआर कर्प कम्पनीसँग सम्झौता गरी लामो दूरीको यात्रा गर्न दुईवटा वाइडबडी जहाज खरिद गरेको थियो । सो जहाज खरिद गर्ने प्रयोजनका लागि अमेरिकाको एएआर कर्पका निर्देशक दीपक शर्माले समन्वय गरेका थिए । नेपालमा जन्मेका शर्मा अहिले बेलायती नागरिक हुन् ।

    सो जहाज खरिदको काम अमेरिकी कम्पनी एएआरले प्राप्त गर्न दीपक शर्मामार्फत नेपाल वायुसेवा निगम तथा नेपालका अधिकारीहरूलाई घुस रकम दिएको अमेरिकी कम्पनी एएआर कर्पले स्वीकार गरिसकेको छ ।

    नेपाल वायुसेवा निगमलाई दुईवटा वाइडबडी विमान बिक्री गर्नका लागि कम्पनीका प्रतिनिधि शर्माले मध्यस्थकर्तामार्फत नेपालका अधिकारीहरूलाई साढे २ मिलियन डलर घुस दिएको यसअघि नै स्वीकार गरिसकेका छन् । उनीमाथि भ्रष्टाचारको कसुरमा अमेरिकामा मुद्दा चलिरहेको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार