Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भए रवि रास्वपाको सदस्यसमेत हुन नपाउने

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भए रवि रास्वपाको सदस्यसमेत हुन नपाउने

मंगलवार , पौष ९, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणसँगै सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएमा रास्वपा सभापति रवि लामिछाने पार्टी विधानअनुसार पार्टीकै सदस्य पनि हुन नपाउने देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको विधानअनुसार विधानको धारा १३ मा पार्टी सदस्य हुन पाउने योग्यता तोकिएको छ । सो विधानअनुसार लामिछाने सम्पत्ति शुद्धीकरणमा अदालतबाट दोषी ठहर भएमा सदस्य हुनसमेत अयोग्य हुने देखिन्छ ।

विधानको व्यवस्थानुसार ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारप्रसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर, हत्यासम्बन्धी कसुर वा नैतिक पतन देखिने अभियोगमा सजाय पाएको’ व्यक्ति आजीवन रास्वपा सदस्य हुन अयोग्य ठहरिन्छ ।

सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको छ । सोमबारबाट सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बयान सुरु भएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077