Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ग्यासको खपत २० प्रतिशतले वृद्धि

ग्यासको खपत २० प्रतिशतले वृद्धि

सोमवार , पौष ८, २०८१

काठमाडौँ । चिसो मौसम सुरु भएसँगै बजारमा खाना पकाउने एलपी ग्यासको खपत बढ्न थालेको छ ।

अन्य समयको तुलनामा चिसो समयमा ग्यासको प्रयोग धेरै हुने हुँदा खपत बढेको हो । चिसो मौसममा खाना पकाउनुका साथै ग्यास गिजरको प्रयोग पनि बढ्छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले अन्य समयको तुलनामा चिसो मौसममा १५ देखि २० प्रतिशत ग्यासको खपत बढ्ने बताए ।

विगतका वर्षमा चिसो समयमा २५ देखि ३० प्रतिशत ग्यासको माग बढ्ने गरेकोमा पछिल्लो समय २० प्रतिशतमा झरेको उनको भनाइ छ ।

चिसो समयमा बजारमा ग्यासको माग बढ्दै गए पनि सो अनुपातमा आपूर्ति नियमित नहुँदा अभाव देखिने गरेको उनले बताए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077