Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्यालय तहका विभिन्न कक्षाका रजिस्ट्रेसन र परीक्षा फाराम रोकिए

विद्यालय तहका विभिन्न कक्षाका रजिस्ट्रेसन र परीक्षा फाराम रोकिए

बुधवार , पौष ३, २०८१

काठमाडौँ । विद्यार्थीबाट शुल्क उठाउने कि नउठाउने भन्ने अन्योलको कारण विद्यालय तहका विभिन्न कक्षाका रजिस्ट्रेसन र परीक्षा फाराम रोकिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बेलैमा निर्णय नगर्दा अहिले कक्षा ९ का विद्यार्थीको रजिस्ट्रेसन फाराम, माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीका लागि आवश्यक पर्ने कक्षा १० को परीक्षा फाराम र कक्षा ११ मा अध्ययनरत विद्यार्थीका रजिस्ट्रेसन फाराममा विलम्ब भएका छन् ।

माध्यमिक तहको शिक्षा निःशुल्क हुने कानुनी व्यवस्था कार्यान्वयन गर्ने हो भने सरकारी तहबाट नै सुरुवात गर्नुपर्ने आवाज उठेपछि यी शीर्षकमा शुल्क नलिने पक्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय रहेको छ । मन्त्रालयबाट स्पष्ट निर्देशन नआएका कारण राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि फाराम भराउन सकेको छैन ।

बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फाराम यसअघि नै खुलाएको थियो । बोर्डको सूचना अनुसार विद्यालयहरूले कात्तिकमै विद्यार्थीलाई फाराम भर्न लगाएर सङ्कलनसमेत गरिसकेका छन् तर रजिस्ट्रेसनका लागि विद्यार्थीसँग शुल्क लिन नहुने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्कालका लागि रजिस्ट्रेसन फाराम भर्ने कार्य स्थगित गर्न बोर्डलाई निर्देशन दिएको थियो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077