काठमाडौं । सुशासन र पारदर्शिताको चर्को भाषण गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारका २४ जना मन्त्रीहरूले पाँच महिनादेखि सम्पत्ति विवरण लुकाउँदै आइरहेका छन् ।
प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललगायतका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न आलटाल गर्दै आइरहेका हुन् ।
आफूले पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने उद्घोष गर्दै आइरहेका प्रधानमन्त्री ओली र उनकोको सरकारमा रहेका सबै मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेर सरकार सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध रहेको व्यावहारिक सन्देश दिन भने चुक्दै आइरहेको छ ।
सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नैतिकतालाई बिर्सनुले प्रधानमन्त्रीको बोली र गराइमा तारतम्यता नदेखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। नेपाल समाचारपत्रबाट