Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मानवअधिकार टोलीसँग रविको गुनासो– ‘अपहरण शैलीमा ल्याइयो’

मानवअधिकार टोलीसँग रविको गुनासो– ‘अपहरण शैलीमा ल्याइयो’

आइतवार , मंसिर २३, २०८१

पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि मानवअधिकार आयोगको टोलीले लामिछानेसँग भेट गरेको छ ।

आयोगको पोखरास्थित गण्डकी प्रदेश कार्यालयबाट प्रमुख नीतु गर्तौला र मानवअधिकार अधिकृत टंक खनालसहितको टोलीले कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई शुक्रबार भेट गरेको हो । भेटका क्रममा लामिछानेले आफूलाई अपहरणको शैलीमा चितवनबाट पोखरा ल्याइएको गुनासो गरेका छन् ।

भोलिपल्ट विमानमार्फत पोखरा जाने बताइए पनि आफू सुतेको अवस्थामा एक्कासि उठाएर अपहरण शैलीमा रातारात पोखरा ल्याइपु¥याएको गुनासो गरेको उनको भनाइ उद्धृत गर्दै मानवअधिकार अधिकृत टंक खनालले भने ।

खनालका अनुसार घन्टौंसम्म बयानका दिँदा सो दिन लामिछानेले ‘आफूलाई धपेडी भएको र सामान्य स्वास्थ्य चेकजाँच (प्रेसर चेक) गरौं, परिवारका सदस्य तथा आफ्ना वकिललाई खबर गर्नुहोस्’ भन्दा पनि प्रहरीले नमानेका बताएका छन् ।

राति सवा १२ बजे उठाएर स्थलमार्ग हुँदै रातारात पोखरा ल्याइएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य स्वास्थ्य चेकजाँच भएको थियो । जसमा उनको उच्च रक्तचाप १८०–९० भएको पाइएको थियो । लामिछानेलाई बिहीबार बिहान साढे ३ बजेतिर मात्र पोखरा ल्याइएको थियो । हिरासतमा राख्नुअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेक जाँच भएको हो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077