Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउदीमा ‘हुरुब’ लागेका नेपाली कामदारले नयाँ कम्पनीमा जान पाउने

साउदीमा ‘हुरुब’ लागेका नेपाली कामदारले नयाँ कम्पनीमा जान पाउने

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । साउदी सरकारले हुरुब लागेका नेपाली कामदारले १ डिसेम्बर २०२४ देखि २९ जनवरी २०२५ सम्म ६० दिनको अवधिमा हुरुब हटाई नयाँ कम्पनीमा जाने अवसर प्रदान गरेको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार साउदी बोलीचालीको भाषामा हुरुब भन्नाले कम्पनीले कामदार कम्पनीमा अनुपस्थित रहेको भनी अनलाइन सिस्टममा रिपोर्ट भएको अवस्था बुझ्नुपर्ने हुन्छ ।

हुरुब भएको व्यक्तिको स्टेटस साउदीमा अवैधानिक(इलिगल हुने त्यहाँको मानव संसाधन र सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

किवामा खाता खोलेको हुनुपर्छ । नयाँ कम्पनीबाट किवामा ट्रान्सफरका लागि रोजगार सम्झौतासहितको रिक्वेस्ट मगाउनुपर्छ ।

किवामा लगइन गरी कामदारले १० दिनभित्र अध्ययन गरी नयाँ कम्पनीले प्रस्ताव गरेको रोजगार सम्झौता स्वीकार गर्नुपर्ने दूतावासले जनाएको छ । यो कार्य २९ जनवरी २०२५ भित्र गरिसक्नुपर्नेछ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077