Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरुवा कार्यविधि मन्त्रालयमा अड्कियो

सरुवा कार्यविधि मन्त्रालयमा अड्कियो

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन महाशाखामा पुगेको कर्मचारी सरुवा कार्यविधि रोकेर राखेको छ। निजामती सेवा ऐन–२०४९ अनुसार बन्न लागेको कर्मचारी सरुवा कार्यविधि मन्त्री र सचिवको मिलेमतोमा प्रशासन महाशाखामा नै डम्प गरेर राखेका छन्।

कर्मचारी सरुवा मनलाग्दी गर्न बन्द हुने त्रासका कारण कार्यविधि डम्प गरिएको छ। अहिले सचिव र मन्त्रीको मिलेमतोमा जथाभावी कर्मचारी सरुवा गर्ने कार्य चलिरहेको मन्त्रालय स्रोतले दाबी गरेको छ।

गत भदौ महिनामा मात्र १ हजार २ सय कर्मचारीको सरुवा गरिएको थियो। जथाभावी सरुवा गर्दा कर्मचारीको मनोबल घट्ने, सेवा प्रवाह चुस्त, दुरुस्त नहुने जस्ता समस्या आउने मन्त्रालयका कर्मचारीहरु नै बताउँछन्।

महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा मन्त्रालयले विभिन्न श्रेणीका कर्मचारीलाई पटक–पटक काजमा राख्ने गरेको पाइएको छ ।

कानुन अनुसार प्रत्येक वर्ष भदौ महिनामा मन्त्रालयले नियमित सरुवा टुंग्याउनुपर्छ र विधि पुर्‍याएर काजमा खटाउनुपर्ने प्रावधान भए पनि मन्त्रालयले मनलाग्दी गरी सरुवा गर्ने गरेको आरोप कर्मचारीहरुले लगाएका छन्। यसमा मनग्य आर्थिक लाभ हुने गरेको जानकारहरु बताउँछन्। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077