Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्राधिकरणको पत्रपछि राष्ट्र बैंक अन्योलमा

प्राधिकरणको पत्रपछि राष्ट्र बैंक अन्योलमा

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विद्युत् उपभोग गरी महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का र आईपीओ निष्कासन तथा सेयर खरिद–बिक्री रोक्न नेपाल विद्युत् प्राधिकरणले पठाएको पत्र कार्यान्वयनमा आएको छ ।

बक्यौता नतिर्ने उद्योगको लाइन नकाटिने तर वैकल्पिक उपाय अपनाउने निर्णय गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बुधबार नेपाल राष्ट्र बैंक, धतोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारलाई पत्राचार गरेका थिए ।

प्राधिकरणले उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई, आईपीओ रोक्न धितोपत्र बोर्डलाई र सेयर हक हस्तान्तरण नगर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेको हो ।

पत्र दर्ता भए पनि नेपाल राष्ट्र बैंकले कुनै औपचारिक निर्णय भने हालसम्म गरेको छैन । यद्यपि केन्द्रीय बैंकले कानुनअनुसार प्रक्रिया अगाडि बढ्ने स्पष्ट पारेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077