Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी बाँडफाँडमै सकस

एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी बाँडफाँडमै सकस

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । निर्णय प्रक्रिया सुस्त हुँदा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरूको जिम्मेवारी बाँडफाँडमा सकस परेको छ । पार्टी महाधिवेशन भएको पाँच महिना बितिसक्दासमेत नेताहरूको जिम्मेवारी बाँडफाँड हुन नसक्दा पार्टी काम पनि सुस्त देखिएको छ ।

एकीकृत समाजवादीको १०औं महाधिवेशन १६–२१ मंसिरमा काठमाडौंमा सम्पन्न भएको थियो । सम्पन्न महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गर्दै सम्पन्न भएको थियो ।

तर, त्यसयता केन्द्रीय सदस्यहरू किस्ताबन्दीमा थप्ने काम भयो । विधानमा २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था भए पनि संशोधन गरेर ३ सय ४१ बनाइएको छ । पोलिटब्युरो सदस्य १ सय १५ जना छन् ।

पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि केन्द्रीय कमिटीमा निर्वाचन नै गर्नुप¥यो । सर्वसम्मत हुन नसकेपछि निर्वाचन भयो । त्यसयता कतिपय नेताहरू असन्तुष्ट भएका छन् । असन्तुष्ट नेताहरूले पार्टी विभाजन गर्ने तहसम्म पुगेका छन् ।

हाललाई २१ सदस्यीय पदाधिकारीलाई स्थायी कमिटी भनिएको छ । विधानअनुसार स्थायी कमिटीले समेत पूर्णता पाउन सकेको छैन । नेताहरूको जिम्मेवारी बाँडफाँड गर्न नसक्दा नेताहरू जिम्मेवारीविहीन मात्रै भएका छैनन्, पार्टीको कामले गतिसमेत लिन सकेको छैन । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077