Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशभरका २ सय ३५ स्थानीय तह निमित्तको भरमा

देशभरका २ सय ३५ स्थानीय तह निमित्तको भरमा

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । देशभरका ७ सय ५३ वटा स्थानीय तहमध्ये अझै २ सय ३५ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीनको अवस्थामा छन् ।

प्रमुख प्रशासकीय अधिकृत नभएका ठाउँमा निमित्तले कामकाज गरिरहेका छन् जसका कारण ती स्थानीय तहको कामकारवाही प्रभावकारी बन्न सकेका छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत रिक्त नराख्ने नीति लिए पनि ठूलो संख्यामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहँदा मन्त्रालयको सो नीति असफल भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामका साथै सेवा प्रवाहमा गम्भीर असर परेको छ। नागरिकको घर नजिकको सरकार भनेर चिनिने सरकार सञ्चालन प्रभावकारी नहुँदा संघीयता कार्यान्वयमा समेत समस्या देखिएको छ। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077