Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युद्धरत युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता

युद्धरत युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । युद्धको चपेटामा रहेको युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता मुलुक बनेको छ ।

रुससँग युद्धकै अवस्थामा रहेको युक्रेनबाट नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन–कात्तिक) सम्म नौ अर्ब १० करोड रुपियाँको सामान आयात गरेको छ । युक्रेनभन्दा अघि छिमेकी मुलुक चीन र भारतबाट नेपालले सबैभन्दा धेरै वस्तु आयात गरेको छ ।

युक्रेनबाट नेपालले सबैभन्दा धेरै कच्चा सूर्यमुखी तेल आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । चार महिनामा नेपालले युक्रेनबाट आठ अर्ब २५ करोड रुपियाँको कच्चा सूर्यमुखी तेल आयात गरेको छ । युक्रेन विश्वमा सबैभन्दा धेरै सूर्यमुखी तेल उत्पादन गर्ने मुलुकमा पर्छ ।

सूर्यमुखी तेलबाहेक युक्रेनबाट नेपाललले कच्चा भटमास तेल, धनियाँको बिउ, गहुँ, तोरीका दाना पनि आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077