Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

९५ प्रतिशत भुक्तानी लिएर ठेकेदार वेपत्ता, आठ वर्ष देखि पुल निर्माण अधुरै

९५ प्रतिशत भुक्तानी लिएर ठेकेदार वेपत्ता, आठ वर्ष देखि पुल निर्माण अधुरै

बुधवार , मंसिर १२, २०८१

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ ।

नदीमा पुल नहुँदा फकिरा, कुपही, रम्पुरा, इनरूवा, झुटकीलगायत गाउँका बासिन्दालाई आवतजावतमा समस्या भइरहेको छ । स्थानीय रघुविर खंगले पुल नहुँदा गाउँसम्म बिरामी र केही समस्या पर्दा हुँदा एम्बुलेन्स पनि जानसक्ने अवस्था नरहेको बताए ।

“कोही बिरामी पर्यो भने नहरकै बाटो हुँदै लानुपर्छ । यसमा मोटरसाइल मात्र जान्छ, चारपाङ्ग्रे गाडी जाने अवस्था छैन”, उनले भने ।

खंगका अनुसार नजिक नर्घोमा रहेका चिकित्सक तथा क्लिनिकमा जाने बाटो पनि यही हो । सुक्खायाममा जसोतसो समस्या टरे पनि वर्षायाममा भने दोब्बर दूरीको अर्को बाटोबाट यात्रा गर्नुपर्ने बाध्यता रहेको खंगले सुनाए ।

स्थानीय मो बसिरले फकिरा, कुपही, रम्पुरा, इनरुवालगायत गाउँका बासिन्दा नर्घोमा सामान्य किनमेलन तथा हाटबजार गर्न दैनिक यही बाटो प्रयोग गर्ने गरेको बताए । यस्तै जिल्ला सदरमुकाम राजविराज पुग्ने नजिकको बाटो पनि यही भएकाले हरेक काममा सास्ती हुने गरेको उनको गुनासो छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077