Online Nepal
  • बुधबार, १० पुष २०८१
  • राहदानी सेवा ठप्प, सेवाग्राही मर्कामा

    राहदानी सेवा ठप्प, सेवाग्राही मर्कामा

    अनलाइन नेपाल
  • आइतबार, ९ मंसिर २०८१
  • 213
    SHARES

    काठमाडौँ । विगत दुई दिनयता राहदानी सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । राहदानीको ‘अनलाइन इनरोलमेन्ट’ का क्रममा भाइरस सल्केपछि सेवा अवरुद्ध हुन पुगेको हो ।

    राहदानी विभाग र त्यस अन्तर्गत राहदानी सेवा सञ्चालन हुने जिल्ला प्रशासन, इलाका प्रशासन, विदेशस्थित कूटनीतिक नियोगसमेतको सेवा ठप्प रहेकाले सेवाग्राही मर्कामा परेका छन् ।



    यसबाट नयाँ राहदानी बनाउने, पुरानो राहदानी नवीकरण गर्नेलगायत राहदानीसम्बन्धी सबै कार्य अवरुद्ध रहेको जनाइएको छ । दुई दिनदेखि सेवाग्राहीले अनलाइनमार्फत आफैँले भर्न सक्ने सेवासमेत अवरुद्ध भएकाले सेवाग्राही पनि तनावमा परेका छन् ।



    सेवा अवरुद्ध भएपछि अत्यावश्यक सेवामार्फत राहदानी पाउने सुविधासमेत नपाउँदा धेरै नागरिकको विदेशयात्रा पनि प्रभावित बनेको गुनासो सेवाग्राहीले गरेका छन् ।

    विभागले राहदानीको तथ्याङ्क व्यवस्थापनमा समस्या देखा परेकाले सेवा प्रभावित बनेको जनाएको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार