Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निजी क्षेत्रमार्फत कोरिया पठाउने तयारी

निजी क्षेत्रमार्फत कोरिया पठाउने तयारी

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत दक्षिण कोरियामा ई-७ भिसा प्रणाली अन्तर्गत उच्च सिपयुक्त श्रमिक पठाउने तयारी गरेको छ ।

श्रम मन्त्रालयले कोरियामा सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०५० लाई संशोधन गरी ई-७ भिसा प्रणाली बनाएर वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत श्रमिक दक्षिण कोरिया पठाउने तयारी गरेएको हो ।

सन् २००७ देखि इपिएसमार्फत सरकार सरकार जिटुजी सम्झौताका आधारमा नेपाली युवालाई दक्षिण कोरिया पठाउँदै आएको सरकारले अब ई-७ भिसामा उच्च सिपयुक्त जनशक्ति निजी व्यवसायीमार्फत पठाउने तयारी गरेको जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले चर्को शुल्क तिरेर व्यक्तिगत रूपमा गइरहेका उच्च सिपयुक्त श्रमिकलाई संस्थागत रूपमा पठाउन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077