Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालको कारागारमा १ हजार ४ सय विदेशी कैदीबन्दी

नेपालको कारागारमा १ हजार ४ सय विदेशी कैदीबन्दी

आइतवार , मंसिर २, २०८१

काठमाडौं । नेपालमा विभिन्न समयमा अपराधमा संलग्न विदेशी कैदीबन्दी १ हजार ४ सय जना रहेका छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार धेरैजसो भारतीयहरू चोरी, लागूऔषध ओसार–पसारलगायतका मुद्दामा संलग्न भएकाहरू कैद भुक्तानका लागि देशको विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

हाल नेपालका कारागारहरूमा भारत, भुटान, चीन, अमेरिका, क्यानडा, जर्मनी, म्यानमार, पाकिस्तान, बोलिभिया, जाम्बिया, सर्विया र बंगलादेशका नागरिकहरू छन् ।

नेपालका कारगारमा कुल २८ हजार बढी कैदीबन्दी छन् । तीमध्ये १ हजार ४ सयको हाराहारीमा विदेशी कैदीबन्दी रहेका छन् । कारागारमा रहेका कैदीबन्दीमध्ये ४ प्रतिशत विदेशीको संख्या रहेको छ ।

त्यस्तै, नेपालमा अपराध गरेर १ हजार ३ सय ५७ जना विदेशी अपराधी फरार रहेका छन् । नेपाल घुम्न आउनेदेखि विभिन्न कम्पनीमा आबद्ध रहेर अपराध गर्नेहरू सुरुमा अदालतको आदेशमा थुनामा रहने र पछि धरौटीमा छुटेपछि फरार हुने गरेका पाइएको छ ।

नेपालमा अपराध गरेर त्यसरी फरार हुने धेरै विदेशी नागरिकलाई नेपालले पक्रन सकेको छैन । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077