Online Nepal
  • बुधबार, १० पुष २०८१
  • चार महिनामा डेढ खर्ब बजेट घाटा

    चार महिनामा डेढ खर्ब बजेट घाटा

    अनलाइन नेपाल
  • आइतबार, २ मंसिर २०८१
  • 153
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकसम्म सरकारको खर्चअनुसार आम्दानी हुन नसक्दा डेढ खर्ब रुपियाँ बजेट घाटा भएको छ ।

    महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउन–कार्तिकसम्म सरकारलाई १ खर्ब ५३ अर्ब रुपियाँ बजेट घाटा रहेको छ । कार्तिक मसान्तसम्म सरकारले ३ खर्ब २९ अर्ब १ करोड ५५ लाख रुपियाँ आम्दानी गर्दा खर्च भने ४ खर्ब १५ अर्ब २ करोड १ लाख रुपियाँ गरेको छ ।



    खर्चअनुसार आम्दानी हुन नसक्दा सरकारले आन्तरिक र बाह्य ऋण लिएर खर्च व्यवस्थापन गर्दै आएको छ ।



    जसका कारण विकास खर्चभन्दा ऋणको सावाँ ब्याजमा मात्रै झन्डै ५४ अर्ब रुपियाँ बढी खर्च भएको छ । चार महिनाको अवधिमा ३ खर्ब २३ अर्ब २४ करोड रुपियाँ राजस्व उठेको छ ।

    यो लक्ष्यको २२ दशमलव ७७ प्रतिशत हो । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार