Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हवाई भाडा महँगो भएपछि यात्रु भारततर्फ आकर्षित

हवाई भाडा महँगो भएपछि यात्रु भारततर्फ आकर्षित

बुधवार , कार्तिक २८, २०८१

काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएपछि यात्रुले दिल्लीलगायतका भारतीय गन्तव्यबाट यात्रा गर्न थालेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान समय कटौती भएपछि दिल्ली, दुबई, दोहा, साउदी, कुवेत, क्वालालम्पुरलगायतका गन्तव्यमा जाने यात्रुले भारतबाट हवाई सेवा लिन थालेका हुन् ।

दैनिक २१ घण्टा खुला हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गत शुक्रबारदेखि दैनिक १४ घण्टा मात्र सञ्चालन हुँदा त्यसको असर हवाई भाडामा परेको छ । त्यसको प्रत्यक्ष असर वैदेशिक रोजगारी, उच्च शिक्षाका लागि बिदेसिनेले भोग्न थालेका छन् ।

नेपाल वैदेशिक रोजगार सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले भने, “नेपालभन्दा भारतमा हवाई इन्धनको मूल्य सस्तो हुने गरेको छ । भारतमा तुलनात्मक हवाई भाडा नेपालभन्दा सस्तो भएपछि अहिले नेपाली श्रमिक दिल्लीबाट उड्न थालेका छन् ।”

नेपालबाट उडान भर्दा श्रमिकले वर्षभर कमाउने बराबरको पैसा हवाई टिकटमै जाने भएपछि भारतीय गन्तव्यतर्फ आकर्षित भएको उनले बताए । यसले भोलिका दिनमा नेपाली वायु सेवा र नेपाली पर्यटन क्षेत्रमा ठुलो समस्या निम्त्याउन सक्ने उनको भनाइ छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077