Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिसो बढेसँगै ओरालो लाग्यो डेंगु संक्रमणदर

चिसो बढेसँगै ओरालो लाग्यो डेंगु संक्रमणदर

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । मनसुन अवधि सकिएर चिसो मौसम सुरु भएयता नेपालमा डेंगु संक्रमणदर घट्दै जान थालेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगु सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता संक्रमणदर घट्दै गएको बताए ।

दाहालका अनुसार डेंगु संक्रमणदरको ४५औं साता चलिरहेको छ । नेपालमा ४२औं सातादेखि डेंगु संक्रमणदर ओरालो लाग्नेक्रम सुरु भएको उनले जानकारी दिए ।

नेपालमा पछिल्ला ३ वर्षमा डेंगु संक्रमणदर १२ महिना नै देखिन थालेको छ । डेंगु संक्रमण ओरालो लागे पनि संक्रमणदर शून्यमा झर्छ या झर्दैन त्यो भने अहिले नै भन्न सकिने अवस्था नभएको

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ४२औं सातामा मात्रै २ हजार ५ सय ८२, ४३औं सातामा २ हजार २ सय ४, ४४औं सातामा १ हजार ७१ र ४५औं साता चलिरहँदा ५५ जनामा मात्र संक्रमण देखिएको छ ।

महाशाखाका अनुसार चिसो बढे पनि सतर्कता अपनाउन भने आग्रह गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077