Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युरोप रोजगारीको मागपत्र प्रमाणीकरण वैदेशिक रोजगार विभागबाटै

युरोप रोजगारीको मागपत्र प्रमाणीकरण वैदेशिक रोजगार विभागबाटै

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप रोजगारीको मागपत्र प्रमाणीकरण वैदेशिक रोजगार विभागबाट गराउन सकिने गरी तयारी थालेको छ ।

कार्यविधि ल्याएर युरोपेली मुलुकमा संस्थागत (वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत) श्रमिक पठाउन सकिने गरी तयारी थालेको हो ।

वैदेशिक रोजगार व्यवसायी सङ्घले युरोपमा नेपाली धेरै भएकाले माग प्रमाणीकरण विभागबाट गर्नुुपर्ने माग राख्दै आएको थियो ।

हाल युरोपमा व्यक्तिगत भिसामा ठुलो धनराशि खर्चेर नेपाली युवा युरोप जाने गरेका छन् ।

व्यक्तिगत भिसामा जाँदा धेरै नेपाली ठगीमा पर्ने गरेकाले यसको नियन्त्रणका गर्न संस्थागत रूपमा युरोप श्रमिक पठाउनका लागि माग प्रमाणीकरण विभागबाट गर्नुपर्ने माग गर्दै आएका थिए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077