Online Nepal
  • बुधबार, १० पुष २०८१
  • उपनिर्वाचनमा कांग्रेसलाई आफ्नो विरासत जोगाउने चुनौती

    उपनिर्वाचनमा कांग्रेसलाई आफ्नो विरासत जोगाउने चुनौती

    अनलाइन नेपाल
  • शुक्रबार, २३ कार्तिक २०८१
  • 363
    SHARES

    काठमाडौं । आउँदो स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई आफ्नो विरासत जोगाउनुपर्ने चुनौती देखिएको छ ।

    २०७९ सालको निर्वाचनपछि रिक्त ४२ वटा स्थानीय तहमा यही १६ मंसिरमा उपनिर्वाचन हुँदै छ । रिक्त स्थानमध्ये अधिकांश स्थानीय तह नेपाली कांग्रेसले जितेका स्थान हुन् ।



    २०७९ सालमा स्थानीय तहको निर्वाचनमा ठूला राजनीतिक दलहरू आपसमा गठबन्धन गरेर निर्वाचन लडेका थिए । यसपटक यी ठूला दलले एक्लाएक्लै उपनिर्वाचनमा उम्मेदवारी दिने भएका छन् । यो उपनिर्वाचन दलहरूको शक्ति परीक्षण गर्ने समय पनि भएकाले सबै दल गृहकार्यमा लागेका छन् ।



    रिक्त भएका स्थानीय तहको तथ्यांक हेर्दा एक नगरप्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्षमा कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भएका थिए ।

    त्यस्तै, नेकपा ९माओवादी केन्द्र०बाट निर्वाचित जनप्रतिनिधि रहेका दुई गाउँपालिकाको उपाध्यक्ष पद रिक्त छ । सो गाउँपालिकामा पनि उपनिर्वाचन हुँदै छ ।

    १६ मंसिरमा ३४ वडाध्यक्ष पदका लागिसमेत उपनिर्वाचन हुँदै छ । तीमध्ये काठमाडौं महानगरपालिका–१६ पनि एक हो । काठमाडौं–१६ कांग्रेसले जितेको थियो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार