Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सूर्यदर्शन सहकारी प्रकरण : प्रविधि, पहुँच र पात्रमार्फत ठगी

    सूर्यदर्शन सहकारी प्रकरण : प्रविधि, पहुँच र पात्रमार्फत ठगी

    अनलाइन नेपाल
  • बुधबार, १४ कार्तिक २०८१
  • 372
    SHARES

    कास्की । सहकारी ठगीको उदाहरण बनेको कास्कीको पोखरा–४, बगाले टोलमा रहेको सूर्यदर्शन सहकारीमाथि अनुसन्धान जारी छ । सूर्यदर्शनमा प्रविधि, पहुँच र विभिन्न दृश्यरअदृश्य पात्र खडा गरी साढे १८ हजार बचतकर्ताको एक अर्ब ३५ करोड रकम अपचलन भएको छ ।

    देशका मुख्य सहरमा सहकारी खोल्ने, त्यहाँ रकम जम्मा गरी आफ्ना तीन दर्जन कम्पनी र आफन्तका खातामा पठाएर योजनाबद्ध रूपमा ठगी गर्ने गीतेन्द्रबाबु (जिबी) राईको समूहको सिकार सूर्यदर्शनका बचतकर्ता परेका छन् । सूर्यदर्शनसहित जिबी समूहले चलाएका सहकारीले एउटै सफ्टवेयर प्रयोग गर्ने गरेको खुलेको छ ।



    जिबीकै कम्पनी गोर्खा वेब लिङ्क प्रालिले बनाएको जिसिएच बैङ्किङ सफ्टवेयरमार्फत यी सहकारीको रकम परिचालन हुने गरेको थियो । जहाँसुकै बसेर, जुनसुकै सहकारीको रकम, जता पनि पठाउन मिल्ने यो सफ्टवेयरको दुरुपयोग गरी माग फाराम नै नभरी, आवश्यक कागजपत्रबिनै ऋण लगानी भएको देखिएको छ ।



    त्यति मात्र होइन, राईका आफन्त, यो समूहले चलाएको गोर्खा मिडिया, त्यहाँका व्यावसायिक साझेदारका नाममा पनि सहकारीको रकम गएको देखिएको छ ।

    यही मुद्दामा अहिले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक छविलाल जोशी कास्की प्रहरीको हिरासतमा रहेका छन् । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार