Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रमिकलाई बढाइएको आर्थिक सहायता लागु

श्रमिकलाई बढाइएको आर्थिक सहायता लागु

सोमवार , कार्तिक १२, २०८१

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवार र अङ्गभङ्ग वा गम्भीर बिरामी भएकाका लागि बढाइएको आर्थिक सहायता लागु भएको छ ।

सरकारले कात्तिक ८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेसँगै वृद्धि गरेर १० लाख रुपियाँ पुर्‍याइएको वैदेशिक आर्थिक सहायता लागु भएको हो ।

यसअघि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवार र विदेशमा रोजगारीकै क्रममा गम्भीर बिरामी वा अङ्गभङ्ग भएकाले आर्थिक सहायताबापत प्रतिव्यक्ति सात लाख रुपियाँ पाउँदै आएका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार (छैटौँ संशोधन) नियमावली–२०८१ मार्फत वैदेशिक रोजगारीका क्रममा मृतकका परिवार र अङ्गभङ्ग वा गम्भीर बिरामीले प्राप्त गर्ने आर्थिक सहायताबापतको रकम वृद्धि गरेको हो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077