Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • श्रमिकलाई बढाइएको आर्थिक सहायता लागु

    श्रमिकलाई बढाइएको आर्थिक सहायता लागु

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 51
    SHARES

    काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवार र अङ्गभङ्ग वा गम्भीर बिरामी भएकाका लागि बढाइएको आर्थिक सहायता लागु भएको छ ।

    सरकारले कात्तिक ८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेसँगै वृद्धि गरेर १० लाख रुपियाँ पुर्‍याइएको वैदेशिक आर्थिक सहायता लागु भएको हो ।



    यसअघि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवार र विदेशमा रोजगारीकै क्रममा गम्भीर बिरामी वा अङ्गभङ्ग भएकाले आर्थिक सहायताबापत प्रतिव्यक्ति सात लाख रुपियाँ पाउँदै आएका थिए ।



    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार (छैटौँ संशोधन) नियमावली–२०८१ मार्फत वैदेशिक रोजगारीका क्रममा मृतकका परिवार र अङ्गभङ्ग वा गम्भीर बिरामीले प्राप्त गर्ने आर्थिक सहायताबापतको रकम वृद्धि गरेको हो । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार