Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निजामतीमा ५२ हजार दरबन्दी रिक्त

निजामतीमा ५२ हजार दरबन्दी रिक्त

शनिवार , कार्तिक १०, २०८१

काठमाडौं । निजामती सेवाका विभिन्न तहमा गरी अहिले पनि ५२ हजारभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त छ ।

सङ्घ, प्रदेश र स्थानीय तिनै तहका विभिन्न पदमा गरी ५२ हजार ७६६ पदमा कर्मचारीको दरबन्दी रिक्त रहेको देखिएको हो ।

ठुलो सङ्ख्यामा निजामती कर्मचारीको दरबन्दी रिक्त रहँदा सरकारले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका काममा समस्या पर्दै आएको छ ।

राष्ट्रिय किताबखाना (निजामती) का अनुसार सङ्घ, प्रदेश र स्थानीयसमेत तीन वटै तहमा गरी कुल एक लाख ३८ हजार १२४ दरबन्दीमध्ये ८५ हजार ३५८ वटा मात्र दरबन्दीमा कर्मचारी कार्यरत रहेको देखिन्छ ।

सङ्घीय र प्रदेश लोक सेवा आयोगबाट वार्षिक रूपमा करिब नौ हजारको हाराहारीमा कर्मचारीको दरबन्दी पूर्तिका लागि सिफारिस हुँदै आएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077