Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • निजामतीमा ५२ हजार दरबन्दी रिक्त

    निजामतीमा ५२ हजार दरबन्दी रिक्त

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 60
    SHARES

    काठमाडौं । निजामती सेवाका विभिन्न तहमा गरी अहिले पनि ५२ हजारभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त छ ।

    सङ्घ, प्रदेश र स्थानीय तिनै तहका विभिन्न पदमा गरी ५२ हजार ७६६ पदमा कर्मचारीको दरबन्दी रिक्त रहेको देखिएको हो ।



    ठुलो सङ्ख्यामा निजामती कर्मचारीको दरबन्दी रिक्त रहँदा सरकारले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका काममा समस्या पर्दै आएको छ ।



    राष्ट्रिय किताबखाना (निजामती) का अनुसार सङ्घ, प्रदेश र स्थानीयसमेत तीन वटै तहमा गरी कुल एक लाख ३८ हजार १२४ दरबन्दीमध्ये ८५ हजार ३५८ वटा मात्र दरबन्दीमा कर्मचारी कार्यरत रहेको देखिन्छ ।

    सङ्घीय र प्रदेश लोक सेवा आयोगबाट वार्षिक रूपमा करिब नौ हजारको हाराहारीमा कर्मचारीको दरबन्दी पूर्तिका लागि सिफारिस हुँदै आएको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार