Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ग्यास आपूर्ति सहज बनाउन निर्देशन

ग्यास आपूर्ति सहज बनाउन निर्देशन

शनिवार , कार्तिक १०, २०८१

काठमाडौँ । नेपाल आयल निगमले नजिकिँदै गरेको तिहार र छठमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था सहज बनाउन ग्यास उद्योगीलाई निर्देशन दिएको छ ।

निगमले शुक्रबार एलपी ग्यास उद्योग सङ्घलाई पत्र पठाएर तिहार र छठ पर्वमा अन्य समयमा भन्दा बढी ग्यासको खपत बढ्ने भएकाले आपूर्ति व्यवस्था सहज मिलाउन निर्देशन दिएको हो ।

निगमले उद्योगीलाई तोकिएको पर्चेज डेलिभरी अर्डर (पिडिओ) कोटा अनुसार समयमै माग गर्न र निगमबाट प्राप्त पिडियो सम्बन्धित रिफाइनगरीमा गई समयमै लोड गराउने प्रबन्ध मिलाउन भनेको छ ।

यस्तै भारतका रिफाइनरीबाट लोड भएका बुलेट चाँडोभन्दा चाँडो भन्सार बिन्दुमा ल्याई पास गर्ने व्यवस्था मिलाउन तथा भन्सार पास गर्ने प्रयोजनार्थ बुलेटहरूको चलान र बिलिङ गर्न आवश्यक रकम समयमै आफ्नो खातामा जम्मा गर्ने व्यवस्था गर्न निगमले व्यवसायीलाई निर्देशन दिएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077