Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारीपीडितको बचत रकम फिर्ता गर्ने सरकारको तयारी

सहकारीपीडितको बचत रकम फिर्ता गर्ने सरकारको तयारी

शुक्रवार , कार्तिक ९, २०८१

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत ५८ करोड रुपियाँको दायित्व फरफारक गरिएको बताएका छन् ।

समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीबाट नौ करोड ऋण असुल भएको, तीन वटा मार्ट व्यवस्थापन भएको, सहकारी संस्थाका १७ सेवा केन्द्रको व्यवस्थापन भएको, ऋणी सदस्यलाई दायित्व फरफारकका लागि सार्वजनिक सूचना प्रकाशन गरिएको उनले बताए ।

२२ वटा समस्याग्रस्त सहकारीमध्ये तीन वटा सहकारीको समस्या हल भइसकेको बताउँदै उनले यो वर्षभित्र बाँकी रहेका १० वटा सहकारीको सम्पूर्ण समस्या समाधान गर्ने र बाँकी सहकारीको आगामी वर्षभित्र समाधान गर्ने बताए ।

मन्त्रालयमा कार्यभार समालेको एक सय दिन अवधिमा हासिल भएका प्रमुख कार्य र उपलब्धि बिहीबार सार्वजनिक गर्दै उनले सम्बन्धित सहकारीका सञ्चालक र पीडितसँग समन्वय गरेर पीडितको बचत फिर्ता गरिने जानकारी दिए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077