Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • नेपालमा पटाका भित्रिने जोखिम

    नेपालमा पटाका भित्रिने जोखिम

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 96
    SHARES

    काठमाडौँ । यो वर्षको तिहारमा पटाकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी कडा बन्देज लगाइने भएको छ ।

    गत सालहरूमा हरेक जिल्ला प्रशासनले पटाकाजन्य पदार्थ नपड्काउन सामान्य सूचना जारी गरे पनि पटाका अवैध किनबेच र पड्काउने कार्य हुने गरेका थिए ।



    यस पटक सरकारले देशव्यापी रूपमा सर्कुलर जारी गरेरै पटाकाजन्य पदार्थ ओसारपसार र प्रयोगमा बन्देज लगाउने तयारी गरेको छ ।



    दसैँअघि नै नेपालबाट मनसुन बाहिरिसकेकाले मौसम सुक्खा र चिसो हुँदै छ । जसका कारण वायुमा सुक्खापनसँगै प्रदूषणको मात्रा बढ्न थालेको छ ।

    वातावरण र मानिसको जिउधनमा असर पार्ने भएकाले पनि तिहारमा पटाकाजन्य पदार्थमा पूर्ण रूपमा बन्देज लगाइने तयारी सरकारले गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

    उनले भने, “हामी हरेक जिल्ला प्रशासनमा सर्कुलर पठाउने तयारीमा छौँ, सोही अनुसार पटाकाजन्य पदार्थको ओसारपसार र प्रयोगमा कडाइ गरिने छ ।”

    नेपालको छिमेकी भारतमा गत सातादेखि नै पटाकाजन्य पदार्थ यो वर्षको दीपावली र आसपासका पर्वमा गर्न नपाइने गरी कडाइ गरिसकिएको छ । जसका कारण त्यहाँ उत्पादित पटाकाजन्य पदार्थ नेपालमा अवैध रूपमा भित्रिने खतरा उच्च रहेको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार