Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन

प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विरोध गर्दै विपक्षी दलहरूले ‘घेराबन्दी’ गर्ने प्रयास थालेका छन् । ओली सरकारको गलत कार्यशैलीको विरोध गर्दै विपक्षी दलहरूले उनको विरोधमा संगठित रूपमा आवाज उठाउँदै छन् ।

सरकारले सुशासनको पक्षमा काम नगरेको, भ्रष्टाचार, कुशासन, अनियमिततामा रमाउँदै जनताको चाहना र आवश्यकतानुसार काम नगरेको ठहर विपक्षी गठबन्धनको रहेको छ ।

ओली नेतृत्वको सरकार बन्नुअघि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का बीचमा सातबुँदे सहमति भएको थियो । संसद्का दुई ठूला दलका बीचमा भएको सहमतिनुसार सरकार बने पनि सो सहमतिमा उल्लेख विषयहरू सरकार आफैंले कार्यान्वयन गर्नमा असफल रहेको बुझाइ विपक्षी गठबन्धनको छ ।

सरकार गठनअघि दुई दलका बीचमा भएको सहमतिमा मुख्यतः राजनीतिक स्थायित्वका लागि संविधान संशोधन, राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण एवं सुशासनसहितका विषय उल्लेख गरिएको छ । तर, सरकारले भ्रष्टाचारी एवं अपराधीलाई संरक्षण गर्नुका साथै साठगाँठसमेत गरेको भन्दै विरोध भइरहेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077