Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारीको रकम हिनामिनामा लामिछाने मात्रै होइन ५७९ जना कारबाहीमा

सहकारीको रकम हिनामिनामा लामिछाने मात्रै होइन ५७९ जना कारबाहीमा

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । सहकारी ठगी गरेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा उसका पार्टीका कार्यकर्ता अहिले सडक र सामाजिक सञ्जालमा समाज भड्काउने काममा लागेका देखिन्छ।

तर सो प्रकरणमा प्रहरीले लामिछाने मात्र नभएर ५७९ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ।

सरकारले सरकारी संस्थाहरूलाई समयमा नै नियमन गर्न नसक्दा जथाभावी खुलेका सहकारीले बचतकर्ताको रकम ठगी गरी फरार हुन थालेपछि प्रहरीले कारबाही गर्न शुरू गरेको थियो ।

प्रहरीले सहकारीमा रकम जम्मा गरेको पैसा हिनामिना गरेको अभियोगमा अहिलेसम्म ५ सय ७९ जनालाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०७८–०७९ मा ५० जना सहकारी ठगहरू पक्राउ गरेका थिए भने आर्थिक वर्ष २०७९–८० मा २ सय ८, आव २०८०–०८१ मा २ सय ९४ र चालू आवमा २७ जना पक्राउ परेका छन्।

सहकारी ठगीमा संलग्न रहेर फरार रहेकाहरूमा आर्थिक वर्ष २०७८–०७९ मा १ सय ४९, आव २०७९–२०८० मा ५ सय ५३ जना फरार रहेका छन् ।

आव २०८०–०८१ मा ५ सय ८६ र चालू आवमा १ सय ४२ जना फरार भएको नेपाल प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अहिलेसम्म १ खर्ब ४५ अर्ब १० करोड ८१ लाख ९८ हजार रुपियाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ।

पक्राउ परेकामध्ये कतिपय अहिले पनि जेल सजाय काटिरहेका छन् भने कतिपय धरौटीमा रिहा भएका छन् । सहकारी रकम ठगी गरेको अभियोगमा पक्राउ परेका लामिछानेको पक्षमा अहिले नारा जुलुस हुनु दुःखद् पक्ष भएको सहकारी पीडितहरु बताउँछन् । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077