Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार गठनको तीन महिना : राजस्व संकलन १३ र रेमिट्यान्स १५ प्रतिशतले वृद्धि

सरकार गठनको तीन महिना : राजस्व संकलन १३ र रेमिट्यान्स १५ प्रतिशतले वृद्धि

शनिवार , कार्तिक ३, २०८१

काठमाडौँ । विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च २१ खर्ब ५२ अर्ब रुपियाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको तीन महिनाको अवधिमा भएको कामकाजको प्रगति शुक्रबार सार्वजनिक गर्दै अर्थ मन्त्रालयले पुँजीगत खर्च गतवर्षको यसै अवधिको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको जानकारी गराएको हो ।

त्यसै गरी राजस्व सङ्‍कलन गत वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशत र रेमिट्यान्स १५ प्रतिशतले वृद्धि भएको छ । ब्याजदर घटेर औसत ६.१५१ प्रतिशत कायम भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौती रहे पनि पहिलेको तुलनामा सुधार आइरहेको बताउँदै तीन महिनामा निजी क्षेत्रको आत्मविश्वास बढेको र गत वर्षको यसै अवधिको तुलनामा पुँजीगत खर्च र राजस्व सङ्कलनलगायतको कार्यमा वृद्धि भएको बताए ।

यस वर्षको बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउन बजेट कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै अर्थ मन्त्रालयले यसबाट हालसम्मको चालु, पुँजीगत तथा समग्र खर्चमा उल्लेख्य सुधार ल्याउन सहयोग पुगेको जनाएको छ । बजेट कार्यान्वयन गर्न ७३ बुँदे मार्गदर्शन जारी गरिएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077