Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुुई महिनामा भित्रियो दुई अर्ब ७१ करोड वैदेशिक लगानी

दुुई महिनामा भित्रियो दुई अर्ब ७१ करोड वैदेशिक लगानी

बिहिवार , कार्तिक १, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको दुुई महिनामा पौनै तीन अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु आवको साउन र भदौमा मुलुकमा दुुई अर्ब ७१ करोड रुपियाँ भित्रिएको हो । अघिल्लो वर्ष सो अवधिमा तीन अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

गत वर्षको तुलनामा २९ करोड रुपियाँ कम वैदेशिक लगानी भित्रिएको हो । यस्तै दुुई महिनामा खुुद पुुँजीगत ट्रान्सफर एक अर्ब २० करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्ष सो अवधिमा खुद पुुँजीगत ट्रान्सफर ८५ करोड आठ लाख रुपियाँ कायम भएको थियो ।

उद्योग विभागका अनुसार भदौमा १९१ परियोजनामार्फत आठ अर्ब ९७ करोड ८७ लाख ९० हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

नेपालमा लगानी गर्ने भनेर आठ अर्ब ९७ करोड रुपियाँ लगानी प्रतिबद्धता आए पनि भित्रिने रकम भने न्यून रहेको तथ्याङ्कले देखाएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077