Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • दुुई महिनामा भित्रियो दुई अर्ब ७१ करोड वैदेशिक लगानी

    दुुई महिनामा भित्रियो दुई अर्ब ७१ करोड वैदेशिक लगानी

    अनलाइन नेपाल
  • बिहिबार, १ कार्तिक २०८१
  • 84
    SHARES

    काठमाडौं । चालु आर्थिक वर्षको दुुई महिनामा पौनै तीन अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ ।

    नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु आवको साउन र भदौमा मुलुकमा दुुई अर्ब ७१ करोड रुपियाँ भित्रिएको हो । अघिल्लो वर्ष सो अवधिमा तीन अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।



    गत वर्षको तुलनामा २९ करोड रुपियाँ कम वैदेशिक लगानी भित्रिएको हो । यस्तै दुुई महिनामा खुुद पुुँजीगत ट्रान्सफर एक अर्ब २० करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्ष सो अवधिमा खुद पुुँजीगत ट्रान्सफर ८५ करोड आठ लाख रुपियाँ कायम भएको थियो ।



    उद्योग विभागका अनुसार भदौमा १९१ परियोजनामार्फत आठ अर्ब ९७ करोड ८७ लाख ९० हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

    नेपालमा लगानी गर्ने भनेर आठ अर्ब ९७ करोड रुपियाँ लगानी प्रतिबद्धता आए पनि भित्रिने रकम भने न्यून रहेको तथ्याङ्कले देखाएको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार