Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई महिनामा सात अर्ब ५४ करोड रुपैयाँको विद्युत् निर्यात

दुई महिनामा सात अर्ब ५४ करोड रुपैयाँको विद्युत् निर्यात

बिहिवार , आश्विन २४, २०८१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ ।

प्राधिकरणले साउनमा तीन अर्ब ९९ करोड ५६ लाख रुपियाँ विद्युत् निर्यात गरेको छ । भदौमा तीन अर्ब ५५ करोड पाँच लाख रुपियाँको विद्युत् निर्यात गरिएको छ ।

साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारततर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ ।

दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट सात रुपियाँ ३३ पैसा रहेको छ । साउनको प्रतियुनिट औसत दर आठ रुपियाँ ११ पैसा थियो भने भदौमा छ रुपियाँ ६२ पैसा रहेको थियो ।

भदौ तेस्रो सातामा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपियाँ विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौको दोस्रो हप्तामा ६९ करोड आठ लाख रुपियाँको विद्युत् निर्यात गरिएको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपियाँ (भारु) मा हुने गरेको छ । त्यसैले चालु आवको दुई महिनामा चार अर्ब ७१ करोड ६३ लाख भारतीय रुपियाँ बराबरको विद्युत् बिक्री भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077