Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षा मन्त्रालयका ७ सहसचिवसहित २२५ कर्मचारीको सरुवा, महत्वपूर्ण शाखा नै खाली

शिक्षा मन्त्रालयका ७ सहसचिवसहित २२५ कर्मचारीको सरुवा, महत्वपूर्ण शाखा नै खाली

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महत्वपूर्ण शाखा खाली गराएर सरुवा गरेको पाइएको छ ।

मन्त्री विद्या भट्टराईले संस्थागत संरचना र व्यावहारिकता ख्यालै नगरी सरुवा गरेको आरोप लागेको छ।
केन्द्रको बजेट तथा योजनाको उपसचिव अर्जुन ढकाल, अधिकृतद्वय मुक्ता पोखरेल र प्रकाश खरेल सरुवा भएका छन्।

केन्द्रको मुख्य शाखाका रूपमा रहेको योजनामा अहिले कोही पनि कर्मचारी छैनन् । त्यस्तै, तथ्यांक शाखा (इमिस) का प्रमुख रामचन्द्र शर्मा तिमल्सिनालाई पनि सरुवा गरेको छ।

इमिस शाखाले देशैभरका विद्यालय, विद्यार्थीलगायतको तथ्यांक राख्ने निकाय हो । सो शाखा पनि तत्काल रिक्त भएको छ। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077