Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडक मर्मतमा सेनाको सहयोग लिने तयारी

सडक मर्मतमा सेनाको सहयोग लिने तयारी

बिहिवार , आश्विन १७, २०८१

काठमाडौँ । बाढीपहिरोले अवरुद्ध भएको सडक खुलाउन नेपाली सेनाको सहयोग लिने तयारी भएको छ ।

त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रक्षा मन्त्रालयले गृहकार्य थालेका छन् ।

चाडपर्वको समयमा अवरुद्ध सडक मर्मत गरी यातायात सञ्चालनका लागि सहकार्य गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईबिच बुधबार छलफलमा भएको छ ।

भौतिकमन्त्री दाहालको सचिवालयका अनुसार जति सक्दो चाँडो सडक मर्मत तथा निर्माण गरी यातायात सहज बनाउन रक्षा मन्त्रालय पनि सहयोग गर्ने भएको छ ।

बिपी राजमार्गका क्षतिग्रस्त विभिन्न खण्ड मर्मतका लागि आवश्यक परे रक्षा मन्त्रालयमार्फत नेपाली सेनाको समेत सहभागिता गराई सवारी आवागमन सहज बनाउन दुवै मन्त्रीबिच छलफल भएको हो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077