Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विकल पौडेलले भ्रष्टाचारको पैसा धमाधम अमेरिका लगेको पुष्टि

विकल पौडेलले भ्रष्टाचारको पैसा धमाधम अमेरिका लगेको पुष्टि

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध १ अर्ब ८३ करोड ३९ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको छ।

विभागले सोमबार पौडेलविरुद्ध विदेशी विनिमय अपचलन कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

साथै, विभागले पौडेलकी अमेरिका रहेकी श्रीमती एलिना बस्नेतविरुद्ध पनि ४ करोड ५८ लाखको बिगो दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

विभागका अनुसार प्रतिवादी पौडेलले नेपाल राष्ट्र बैंकको अनुमति तथा स्वीकृति नलिई विदेशी बैंकमा जम्मा गर्ने र विदेशमा रहेका बैंक खातामा विभिन्न व्यक्तिबाट गैरकानुनी रूपमा करोडौं रकम जम्मा गराएको देखिएकाले पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा ३ दफा ४, क, दफा ५ को उपदफा २, दफा ९ ग, दफा १६ को उल्लंघन गरी नेपाल राष्ट्र बैंकले तोकेको व्यवस्थाविपरीत नेपालबाहिर रहेको बैंकमा खाता खोली अवैध रकम जम्मा गरेको पुष्टि भएकाले पौडेलविरुद्ध विदेशी विनिमय अपचलनको कसुरमा मुद्दा दायर गरिएको हो । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077