Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • विकल पौडेलले भ्रष्टाचारको पैसा धमाधम अमेरिका लगेको पुष्टि

    विकल पौडेलले भ्रष्टाचारको पैसा धमाधम अमेरिका लगेको पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 174
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध १ अर्ब ८३ करोड ३९ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको छ।

    विभागले सोमबार पौडेलविरुद्ध विदेशी विनिमय अपचलन कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।



    साथै, विभागले पौडेलकी अमेरिका रहेकी श्रीमती एलिना बस्नेतविरुद्ध पनि ४ करोड ५८ लाखको बिगो दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।



    विभागका अनुसार प्रतिवादी पौडेलले नेपाल राष्ट्र बैंकको अनुमति तथा स्वीकृति नलिई विदेशी बैंकमा जम्मा गर्ने र विदेशमा रहेका बैंक खातामा विभिन्न व्यक्तिबाट गैरकानुनी रूपमा करोडौं रकम जम्मा गराएको देखिएकाले पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा ३ दफा ४, क, दफा ५ को उपदफा २, दफा ९ ग, दफा १६ को उल्लंघन गरी नेपाल राष्ट्र बैंकले तोकेको व्यवस्थाविपरीत नेपालबाहिर रहेको बैंकमा खाता खोली अवैध रकम जम्मा गरेको पुष्टि भएकाले पौडेलविरुद्ध विदेशी विनिमय अपचलनको कसुरमा मुद्दा दायर गरिएको हो । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार