Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • अवैध लाइसेन्स प्रकरण : ३९५ जना कर्मचारीको तीनपुस्ते विवरण मागियो

    अवैध लाइसेन्स प्रकरण : ३९५ जना कर्मचारीको तीनपुस्ते विवरण मागियो

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 168
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हजारौं थान अवैध लाइसेन्स बिक्री गरेको आशंकामा यातायात व्यवस्था कार्यालयअन्तर्गत कार्यरत ३ सय ९५ जना कर्मचारीको तीनपुस्ते व्यक्तिगत विवरण माग गरेर छानबिन थालेको छ ।

    अख्तियारले तीनपुस्ते व्यक्तिगत विवरणका आधारमा उनीहरूको सम्पत्तिसमेत छानबिन गर्ने जनाइएको छ ।



    यातायात व्यवस्था विभागले केही महिनाअघि गरेको विस्तृत छानबिनमा पछिल्ला ८ वर्षमा झण्डै १ लाख लाइसेन्स अवैध किसिमले वितरण भएको फेला पारेको थियो ।



    त्यसका आधारमा थप छानबिन गरिरहेको अख्तियारले देशभरका ४० वटा यातायात कार्यालयमा कार्यरत ३९५ जना कर्मचारीको तीन पुस्ते व्यक्तिगत विवरण माग गरेको हो ।

    माग गरिएकामा कम्प्युटर अपरेटरदेखि उपसचिवसम्मका कर्मचारी रहेका छन् । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार