Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अवैध लाइसेन्स प्रकरण : ३९५ जना कर्मचारीको तीनपुस्ते विवरण मागियो

अवैध लाइसेन्स प्रकरण : ३९५ जना कर्मचारीको तीनपुस्ते विवरण मागियो

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हजारौं थान अवैध लाइसेन्स बिक्री गरेको आशंकामा यातायात व्यवस्था कार्यालयअन्तर्गत कार्यरत ३ सय ९५ जना कर्मचारीको तीनपुस्ते व्यक्तिगत विवरण माग गरेर छानबिन थालेको छ ।

अख्तियारले तीनपुस्ते व्यक्तिगत विवरणका आधारमा उनीहरूको सम्पत्तिसमेत छानबिन गर्ने जनाइएको छ ।

यातायात व्यवस्था विभागले केही महिनाअघि गरेको विस्तृत छानबिनमा पछिल्ला ८ वर्षमा झण्डै १ लाख लाइसेन्स अवैध किसिमले वितरण भएको फेला पारेको थियो ।

त्यसका आधारमा थप छानबिन गरिरहेको अख्तियारले देशभरका ४० वटा यातायात कार्यालयमा कार्यरत ३९५ जना कर्मचारीको तीन पुस्ते व्यक्तिगत विवरण माग गरेको हो ।

माग गरिएकामा कम्प्युटर अपरेटरदेखि उपसचिवसम्मका कर्मचारी रहेका छन् । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077