चितवन। कोरोना भाइरस संक्रमणबाट चितवनको खैरहनी नगरपालिका–१२ का वडा सदस्य ४१ वर्षीय बद्रीबहादुर पाण्डेको मृत्यु भएको छ ।
भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचाररत क्यान्सर रोगबाट ग्रसित पाण्डेको आज विहान १ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
असोज २८ गते कोरोना संक्रमण पुष्टि भएका पाण्डे असोज ३० गते श्वासप्रश्वास, खोकीसहितको समस्या भई अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।
उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका वडा नं. ६ निवासी ६८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
ज्वरो, खोकी र निमोनियाको समस्याग्रस्त उनलाई असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोभिड आईसीयूमा राखेर उपचार गर्ने क्रममा आज बिहान उनको मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।
Leave a Reply