Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै, थप दुई जनामा पुष्टि

    चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै, थप दुई जनामा पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    चितवनमा। चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कालिका नगरपालिका– ६ जुटपानीका २० वर्षीय पुरुष र भरतपुर–५ वस्ने २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएका उनीहरु दुवैलाई भरतपुर कोरोना विशेष अस्थायी अस्पताल ल्याउने तयारी भइरहेको छ ।



    सोमबार एकैदिन चितवनका २३ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबैको अहिले कोरोना अस्पतालमा उपचार भइरहेको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका एक जनाको मृत्यु भइसकेको छ ।



    भरतपुरमा गरिएको परीक्षणमा  गैंडाकोटका दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार