Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एकैदिन चितवनका ९८ जनामा कोरोना पुष्टि

    एकैदिन चितवनका ९८ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, २७ भाद्र २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    चितवन। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा एकैदिन चितवनका ९८ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ ।

    परीक्षणमा भरतपुर, रत्ननगर, खैरहनी र कालिका नगरपालिकाका गरि ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    सबैभन्दा धेरै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरपालिकाका मात्रै ७३ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिका २, खैरहनी नगरपालिकाका ४ जना र कालिका नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ ।



    चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरपालिकाका ९ जना र रत्ननगर नगरपालिकाका २ जना रहेका छन् । चितवनमा कोरोना संक्रमितको संख्या १२ सय नाघेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार