Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना संक्रमणबाट चितवनमा वडा सदस्यसहित दुई जनाको मृत्‍यु

    कोरोना संक्रमणबाट चितवनमा वडा सदस्यसहित दुई जनाको मृत्‍यु

    अनलाइन नेपाल
  • शनिबार, १ कार्तिक २०७७
  • 2.5K
    SHARES

    चितवन। कोरोना भाइरस  संक्रमणबाट चितवनको खैरहनी नगरपालिका–१२ का वडा सदस्य ४१ वर्षीय बद्रीबहादुर पाण्डेको मृत्‍यु भएको छ ।

    भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचाररत क्यान्सर रोगबाट ग्रसित पाण्डेको आज विहान १ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।



    असोज २८ गते कोरोना संक्रमण पुष्टि भएका पाण्डे असोज ३० गते श्वासप्रश्वास, खोकीसहितको समस्या भई अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।



    उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

    त्यस्तै चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका वडा नं. ६ निवासी ६८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    ज्वरो, खोकी र निमोनियाको समस्याग्रस्त उनलाई असोज २७ गते  कोरोना संक्रमण पुष्टि भएको थियो ।

    कोभिड आईसीयूमा राखेर उपचार गर्ने क्रममा आज बिहान उनको मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार