Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • चितवन मेडिकल कलेजमा उपचाररत  थप एक जना कोरोना संक्रमितको मृत्यु

    चितवन मेडिकल कलेजमा उपचाररत  थप एक जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 2.4K
    SHARES

    चितवन। चितवन मेडिकल कलेजमा उपचाररत  एक जना कोरोना भाइरस (कोभिड–१९)संक्रमितको आज दिउसो मृत्यु भएको छ ।

    पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–२ का ३७ वर्षीय पुरुषको दिउँसो २ः२० मृत्यु भएको अस्पतालका निर्देशक डा।दयाराम लम्सालले जानकारी दिए ।  मिर्गौलाको रोगबाट ग्रसित उनी भदौं ९ गते अस्पतालमा भर्ना भएमा उनको भदौं १० गते कोरोना पुष्टि भएको हो । उनको आइसोलेसन वार्डमा उपचार भइरहेको थियो ।



    यसअघि गएराती १२ः२३ बजे भरतपुर–११ की ४० वर्षीया कोरोना संक्रमितको सोही अस्पतालमा मृत्यु भएको थियो ।



    योसंगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार