चितवन। चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना भाइरस (कोभिड–१९)संक्रमितको आज दिउसो मृत्यु भएको छ ।
पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–२ का ३७ वर्षीय पुरुषको दिउँसो २ः२० मृत्यु भएको अस्पतालका निर्देशक डा।दयाराम लम्सालले जानकारी दिए । मिर्गौलाको रोगबाट ग्रसित उनी भदौं ९ गते अस्पतालमा भर्ना भएमा उनको भदौं १० गते कोरोना पुष्टि भएको हो । उनको आइसोलेसन वार्डमा उपचार भइरहेको थियो ।
यसअघि गएराती १२ः२३ बजे भरतपुर–११ की ४० वर्षीया कोरोना संक्रमितको सोही अस्पतालमा मृत्यु भएको थियो ।
योसंगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
Leave a Reply