चिवतन । जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेल सिल गरिएको छ ।
महिला सेलमा काम गर्ने एक जना महिला प्रहरीका श्रीमानलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ कार्यरत सबै प्रहरीलाई आइसोलेसनमा राखेर महिला सेल सिल गरिएको हो ।
इलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत कोरोना संक्रमित पाँच प्रहरीमध्ये एक जना उनका श्रीमान पनि रहेकोले महिला सेल सिल गरिएको हो । प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले महिला सेलबाट हुने काम कारबाही बन्द गरिएको बताए ।
Leave a Reply