Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजारसम्म जरिवाना आवश्यक: ट्राफिक प्रमुख काफ्ले

ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजारसम्म जरिवाना आवश्यक: ट्राफिक प्रमुख काफ्ले

मंगलवार , आषाढ २, २०८३

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न ५ हजार देखि ५० हजार रुपैयाँसम्मको जरिवाना हुनुपर्ने प्रस्ताव राखेका छन् ।

मंगलबार प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै एसएसपी काफ्लेले जरिवाना रकममा भारी वृद्धिको प्रस्ताव गरेका हुन् ।

'अहिलेको ५ सय र १ हजार जरिवाना ज्यादै न्यून भयो, यसले कसैलाई डर भएन, नियम उल्लंघन गर्नेलाई ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था आवश्यक छ,' उनले भने ।

अहिलेको जरिवाना ज्यादै न्यून भएकाले ट्राफिक नियम उल्लंघन गर्न कसैलाई डर नभएको उनको भनाई छ । त्यसैले उनले कारबाही रकम बढाउनुपर्ने प्रस्ताव गरेका हुन् । 

7.jpg

यसैगरी एसएसपी काफ्लेले काठमाडौं उपत्यकाको विद्यमान ट्राफिक प्रणालीमा तत्काल सुधार नगरे आगामी दुई वर्षभित्र सडकमा हिँड्न समेत नसकिने भयावह अवस्था आउने चेतावनी दिएका छन् ।

काफ्लेका अनुसार नेपालभर हाल ६२ लाख ४९ हजार ७३२ वटा सवारी साधन दर्ता रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब २० लाख सवारी साधन सञ्चालन हुने गरेको उनले बताए ।

उनका अनुसार हरेक दिन औसत २ हजार ५०० भारतीय सवारी नेपाल प्रवेश गर्ने गरेका छन् ।

सो अनुसार सार्वजनिक, निजी र दुईपांग्रे सवारी एउटै सडक र एउटै रुटमा सञ्चालन गर्नुपर्ने अवस्थाका कारण ट्राफिक जामको समस्या गम्भीर बन्दै गएको उनको भनाई छ ।

६२ लाख सवारी व्यवस्थापनका लागि करिब २ हजार ५०० मात्रै जनशक्ति उपलब्ध रहेकोले पनि ट्राफिक व्यवस्थापन समस्या जटिल बन्दै गएको उनले बताए । 

उनले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन एआई (कृत्रिम बुद्धिमत्ता) आधारित ट्राफिक लाइट प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।

यस्तै काफ्लेले सडकको अवस्था र जोखिम मूल्यांकन नगरी सवारी साधनलाई रुट अनुमति दिने अभ्यास अन्त्य गर्नुपर्ने बताए।

एसएसपी काफ्लेले कठिन भौगोलिक क्षेत्रसमेतमा सडकको अवस्थालाई बेवास्ता गरी ठूला तथा लामो दूरीका सवारीलाई अनुमति दिने गरिएको उल्लेख गरे। उनले मनाङ र मुस्ताङजस्ता क्षेत्रमा समेत सडकको क्षमता अनुसार सवारी छनोट गर्नुपर्ने धारणा राखे।

अव्यवस्थित रुट परमिट प्रणालीका कारण दुर्घटनाको जोखिम बढिरहेको उनको भनाइ थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077