काठमाडौं । सभामुख डीपी अर्यालको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ ।
मंगलबार थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि सभामुखको गाडीलाई ट्राफिक प्रहरीले कारबाही स्वरुप चिट काटेको हो ।
थापाथलीमा लेन क्रस गर्ने क्रममा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो ।
उक्त गाडीको ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर चिट काटेको हो ।
सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा सवारी साधनलाई पनि कारबाही गरिएको छ ।
यद्यपी उक्त गाडीमा सभामुख सवार भएनभएको प्रहरीले जनाएको छैन् ।