काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन शाह' र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ ।
प्रतिनिधि सभाका सदस्यहरूले प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन माग गर्दै प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न माग गर्दै सदन अवरोध गरेपछि सभामुख प्रधानमन्त्री भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेका हुन् ।
बिहीबारको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची रहे पनि प्रधानमन्त्रीको तर्फबाट कानून मन्त्री सोविता गौतमलाई प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेस गर्न सभामुखले समय दिएपछि उठेर विरोध जनाएका थिए ।
प्रधानमन्त्रीको तर्फबाट सदनमा मन्त्रीहरूले जवाफ दिने र विधेयक पेश गर्ने काम भइरहेको भन्दै विपक्षी दलहरूले बैठकमा आउन रुलिङ गर्न माग गर्दै दिनहुँ सभामुखलाई दबाव दिँदै आएका छन् ।
त्यसपछि सभामुख डोलप्रसाद अर्याल ले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
प्रधानमन्त्री र सभामुखबीच करिब आधाघण्टा कुराकानी भएको स्रोतले जनाएको छ ।