Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

व्यवहार नसुधार्ने ट्राफिक प्रहरीलाई कारबाही गर्ने एसएसपी अधिकारीको चेतावनी

व्यवहार नसुधार्ने ट्राफिक प्रहरीलाई कारबाही गर्ने एसएसपी अधिकारीको चेतावनी

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले अनुशासन र व्यवहारमा सुधार नगर्ने ट्राफिक प्रहरीमाथि कारबाही हुने चेतावनी दिएका छन् ।

यातायात व्यवसायी तथा मजदुर संगठनका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा बोल्दै उनले पारदर्शिता र पेशागत मर्यादामा कुनै सम्झौता नहुने स्पष्ट पारे ।

उनले ट्राफिक प्रहरीको काममा अपारदर्शिता वा दुर्व्यवहार देखिएमा आफूलाई सिधै जानकारी गराउन आग्रह गर्दै “तत्काल एक्शन लिइन्छ” भने। 'कसैलाई पनि पेशागत मर्यादा बाहिर जाने छुट छैन,' उनले जोड दिए।

एसएसपी अधिकारीले सार्वजनिक सवारीका चालक र सहचालकको प्रस्तुति र व्यवहारप्रति पनि असन्तुष्टि जनाए। शरीरभरि मुन्द्रा लगाउने, कपाल अस्वाभाविक ढंगले ठाडो पार्ने तथा अभद्र पोशाक प्रयोग गर्दा यात्रुमा असुरक्षा र डरको भावना पैदा हुने उनको भनाइ छ।

'आफ्नो चालक–सहचालकको गेट–अप परिवर्तन गर्नुहोस्, आवश्यक परे हामी तालिम दिन तयार छौँ,' उनले व्यवसायीहरूलाई आग्रह गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077