Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यका प्रहरी कार्यालयका डीआइजी र ट्राफिक प्रहरी प्रमुख पुरस्कृत

उपत्यका प्रहरी कार्यालयका डीआइजी र ट्राफिक प्रहरी प्रमुख पुरस्कृत

आइतवार , जेठ १०, २०८३

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम अधिकारी पुरस्कृत भएका छन्।

काठमाडौं उपत्यकाको समग्र शान्ति, सुरक्षा प्रभावकारी बनाउन उल्लेखनीय योगदान पुर्याएर उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई विशेष रूपमा सम्मान तथा पुरस्कृत गरेको हो ।

विशेषगरी चोरी, डकैती, लागुऔषध कारोबार, सार्वजनिक शान्ति भङ्ग गर्ने गतिविधि तथा विभिन्न आपराधिक घटनामा नियन्त्रण गर्न उनले सक्रियता बढाएको बताइएको छ।

जेनजी आन्दोलनपछि डीआईजी अधिकारी उपत्यका प्रहरी कार्यालयमा खटिएर काम गरिरहेका छन् ।

त्यसैगरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी पनि पुरस्कृत भएका छन्। 

उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेको, मातहत कर्मचारीको मनोबल बढाउने काम गरेको, ट्राफिक कारबाही र राजश्व वृद्धिमा पनि उल्लेख्य काम गरेको, चोरी भएका तथा हराएका सवारीहरू खोजतलास गरी धनीलाई हस्तान्तरण गर्ने काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई पुरस्कृत गरेको हो ।

एसएसपी अधिकारीले जेनजी आन्दोलन हुँदा तहस नहस भएको ट्राफिक कार्यालय सञ्चालनमा ल्याउन र ट्राफिकको मनोबल बढाउने उत्कृष्ट भूमिका खेलेका छन् ।

प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले समयसमयमा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको जनाएको छ। यसबाट प्रहरी सङ्गठनभित्र थप उत्साह र जिम्मेवारीबोध बढ्ने विश्वास गरिएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077